
काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी–ट्वेन्टी क्रिकेट श्रृंखलाको पाँचौ खेलमा आज नेदरल्यान्ड्स र मलेसिया भिड्दैछन् ।
कीर्तिपुर मैदानमा हुने यो खेल मलेसियाका लागि निकै महत्वपूर्ण रहेको छ । यो खेलमा हारेको अवस्थामा मलेसिया अन्तिम खेलपूर्व नैं प्रतियोगिताको फाईनल पुग्ने संभावनाबाट बाहिरिनेछ ।
आजको खेल जितेको खण्डमा भने मलेसियाका लागि भोलि हुने नेपाल विरुद्धको खेल निर्णायक बन्नेछ ।
जारी प्रतियोगितामा तीन खेलबाट ४–४ अंक जोडेका नेपाल र नेदरल्यान्ड्स क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् ।
अंकविहीन मलेसिया भने तेस्रो स्थानमा छ । दोहोरो लिग प्रणालीमा भएको श्रृंखलाको शिर्ष दुई टोलीले फाईनलमा उपाधिका लागि खेल्नेछन् ।
प्रतिक्रिया दिनुहोस्