२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


१९ पटक पेसीमा चढेको सभामुखविरुद्धकाे मुद्दाको सुनुवाई आज हुने


0
Shares

काठमाडैं । प्रतिनिधिसभा सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा विचाराधीन कर्तव्य ज्यान मुद्दाको सुनुवाई आज हुने भएको छ ।

सापकोटाविरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा तोकिएको छ ।

संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र इश्वर खतिवडा रहेका छन् ।

लामो समयदेखि पेसीमा नचढेको यो मुद्दा आज सुनुवाई हुन लागेको हो । सशस्त्र द्वन्द्वको बेला काभ्रेका अर्जुन लामाको २०६२ वैशाख १६ गते तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेको अवस्थामा दुई महिनापछि शव फेला परेको थियो ।

हत्यामा सापकोटाको संलग्नता रहेको भन्दै अर्जुनको श्रीमती पूर्णिमायाले २०६९ मंसिर ७ गते कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो ।

उक्त रिटको पछिल्लो पटक गत माघ २३ गते संवैधानिक इजलासमा पेसी चढेको पनि हेर्न नभ्याइनेमा परेको थियो । यो रिट यसअघि १९ पटक पेसीमा चढेको छ ।