
काठमाडौं । वीर : गत वर्ष जब दुनियाँभर नेपालमा कोभिडको पहिलो लहर आयो, त्यही वेला देशको जेठो अस्पताल तथा विपन्नको सहारा वीर अस्पतालको अक्सिजन प्लान्ट बिग्रियो । तर, देश महामारीको अभूतपूर्व चपेटामा छ, तर एक वर्षसम्म पनि वीर अस्पतालको अक्सिजन प्लान्ट अझै मर्मत भएको छैन । वीरमा सामान्य अवस्थामा दैनिक सय सिलिन्डर अक्सिजन खपत हुन्छ । तर, कोभिडको समयमा तीन सय सिलिन्डर खपत हुने बताउँछन् वीर अस्पतालका कोभिड संयोजक डा। अच्युत कार्की । यही वेला अक्सिजन प्लान्ट थन्किएको छ ।
पाटन स् पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अक्सिजन प्लान्ट बिग्रिएको एक वर्ष भइसकेको छ । सयभन्दा बढी सिलिन्डर प्रयोग हुने अस्पतालमा अक्सिजन प्लान्ट अनिवार्य मानिन्छ । तर, करिब तीन सय सिलिन्डर प्रयोग हुने पाटनको अक्सिजन प्लान्ट एक वर्षदेखि बन्द छ ।
पोखरा : अक्सिजन प्लान्ट बनाउन आएको बजेट बैंकमा राखेर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सिलिन्डर खरिद गरिरहेको छ । अक्सिजन प्लान्टका लागि विनियोजित ६५ लाख रुपैयाँ पाँच वर्षदेखि बैँकमा छ । जब कि प्रतिष्ठानमा दैनिक करिब एक सय ५० सिलिन्डर खपत हुन्छन् ।
विनियोजित रकम अपुग भएकाले प्लान्ट खरिद गर्न नसकिएको र थप बजेट पनि प्राप्त नभएको प्रतिष्ठानका निर्देशक डा। अर्जुन आचार्यले बताए ।
धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अक्सिजन प्लान्ट बिग्रिएको छ । यो अस्पतालमा सामान्य अवस्थामा पनि दैनिक एक सय ५० सिलिन्डर खरिद गरिन्छ । अझ, अहिले कोभिड समयमा यसको प्रयोग दोब्बर भएको छ । तर, यस्तो वेला पनि अस्पतालले प्लान्ट बनाएको छैन । सिलिन्डर खरिद गरेर जुगाड चलाइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्