
एजेन्सी । भारतको मुम्बईस्थित विजय वल्लभ कोरोना विशेष अस्पतालको आईसीयू वार्डमा आगलागी हुँदा १३ जना विरामीको मृत्यु भएको छ ।
विद्युत सर्ट हुँदा आज विहान साढे तीन बजेतिर आगलागी भएको बताइएको छ । आईसीयू वार्डमा १७ जना विरामीको उपचार भइरहेको थियो ।
अस्पतालका विरामीहरुलाई नजिकैको अन्य अस्पतालहरुमा पठाइएको छ ।
गत मंगलबार महाराष्ट्रको नासिकमा अक्सिजन लीक हुँदा २४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्