
काठमाडौं । कोरोनाको संक्रमण बढ्दै गएपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका मन्दिर सर्वसाधारणका लागि बन्द गरिएको छ ।
पशुपति क्षेत्रका मन्दिरमा नित्य पूजा भने नरोकिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
सरकारले स्वास्थ्य मापदण्ड जारी गरेकाले त्यसैअनुसार मन्दिर बन्द गरिएको कोषको भनाइ छ ।
अर्को व्यवस्था नभएसम्मका लागि पशुपतिनाथ, गुह्येश्वरीलगायत मन्दिर बन्द रहने छन् ।
गत वर्ष पनि कोरोनाबाट बच्न जारी बन्दाबन्दीका कारण नौ महिनासम्म पशुपतिनाथ, गुह्येश्वरीलगायत मठमन्दिर भक्तजनका लागि बन्द गरिएको थियो ।
२०७६ चैत ११ गतेदेखि बन्द गरिएको मन्दिर २०७७ पुस १ गते मात्र खुला गरिएको थियो ।
मन्दिर बन्द गरिएसँगै पशुपति क्षेत्रको घाट सेवामा पनि सरकारले तोकेको मापदण्डभन्दा बढी मानिस उपस्थित नहुन कोषले आह्वान गरेको छ ।
घाट सेवामा आउने सबैलाई अनिवार्य रुपमा मास्क लगाई स्वास्थ्य सुरक्षाका विधि अपनाउन कोषले आह्वान गरेको छ ।
प्रतिक्रिया दिनुहोस्