
एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा शुक्रबार पन्जाब किङ्स र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदैछ ।
चेन्नईमा हुने पन्जाब र मुम्बईबीचको खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । पन्जाब शुक्रबार दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ । अघिल्ला ४ खेलमा पन्जाबले १ जित र ३ हार व्यहोरेको छ ।
पन्जाब ४ खेलमा २ अंक जोडेर सातौं स्थानमा रहेको छ । यता साविक विजेता मुम्बई तेस्रो जित निकाल्ने योजनामा रहेका छन् । मुम्बई ४ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
दुई टिमबीचको पछिल्लो प्रतिस्पर्धामा मुम्बई हाबी हुँदै आएको छ । पछिल्लो पाँच भेटमा मुम्बईले ३ खेल जितेको छ । पन्जाबले २ खेल जितेको छ ।
यसअघि, गएराति भएको खेलमा चौथौ जित निकाल्दै रोयल च्यालेन्जर्स बैंगलोर शीर्ष स्थानमा उक्लेको छ । राजस्थानलाई १० विकेटले हराउँदै बैंगलोरले चौथो जित निकालेको हो ।
प्रतिक्रिया दिनुहोस्