
बझाङ । करेन्ट लागेर जिल्लामा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा केदारस्यूँ गाउँपालिका–१ सडिलकी ४३ वर्षीया उजेलीदेवी बोहरा रहेकी छन् ।
शुक्रबार विहान गहुँ काट्न जानेक्रममा उनको पोलमा हात लाग्दा करेन्ट लागेर मृत्यु भएको परिवारले जनाएको छ ।
बिहीबार राति आएको हावाहुरी र शुक्रबार बिहान परेको चट्याङले विद्युत तार अड्याउने पिन इन्सुलेटर फुटेर तारले पोलमा छोइएकाले करेन्ट प्रवाह भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बझाङका कार्यालय प्रमुख हरेन्द्र यादवले जानकारी दिनुभयो ।
घटना भवितव्य भएकाले मृतकका परिवारलाई ५ लाख रुपैयाँ राहतस्वरूप उपलब्ध गराइने यादवले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्