
काठमाडौं । कर्णाली प्रदेशसभामा फ्लोर क्रस गरी महेन्द्रबहादुर शाही नेतृत्वकाे माओवादी सरकार जोगाइदिने चार सांसदलाई नेकपा एमालेले पार्टी र संसद सदस्य नरहने गरी कारबाही गरेको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने सांसद्हरू प्रकाश ज्वाला, अमरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टी सदस्य र सांसद सदस्य नरहने गरी कारबाही गरेको बैठकमा सहभागी एक नेताले ईमेजखबर डटकमलाई जानकारी दिनुभयो ।
प्रकाश ज्वालाबाहेक चार जना अहिले कर्णाली प्रदेशका मन्त्री छन् । ज्वाला भने केही समयअ अघि कर्णाली प्रदेशका मन्त्री हुनुहुन्थ्यो । पार्टीले अविश्वासको प्रस्ताव पेश गर्दै राजीनामा दिन निर्देशन दिएसँगै उनले मन्त्री पदबाट राजीनामा दिएका थिए ।
निर्णय कार्यन्वयनका लागि प्रदेशसभा सचिवालयलाई पत्र लेख्ने निर्णयसमेत भएको छ ।
प्रतिक्रिया दिनुहोस्