१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सोलुका दुई स्थानमा माछापुच्छ्रे बैङ्कको शाखा रहित बैङ्किङ सेवा


0
Shares

सोलुखुम्बु । दुई वर्षअघि सल्लेरीमा सेवा विस्तार गरेको माछापुच्छ«े बैङ्कले एकै पटक जिल्लाका दुई स्थानमा शाखा रहित बैङ्किङ सेवा थप गरेको छ ।

जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–८ देउसमा गोविन्द नाछिरिङ र माप्य दूधकोशी गाउँपालिका–२ राप्छामा प्रदिप राईलाई बजार प्रतिनिधि बनाएर शाखा रहित बैकिङ सेवा थप गरिएको माछापुच्छ्रे बैङ्क सल्लेरी शाखाका प्रबन्धक टेकबहादुर बस्नेतले जानकारी दिनुभयो ।

आफ्नो गाउँपालिकामा शाखा रहित बैङ्किङ सेवा सुरु भएपछि गाउँपालिकाको आर्थिक गतिविधिमा सेवा पुग्ने स्थानीय जनप्रतिनिधिहरूले बताएका छन् ।

सजिलो र भरपर्दो माध्यमबाट वित्तीय कारोबारका लागि शाखा रहित बैङ्किङ सेवाले सहज बनाउने प्रबन्धक बस्नेतले बताउनुभयो । स्थानीयमा बचत गर्ने बानीको विकास गराउँदै ऋण परिचालनको माध्यमबाट लघु उद्यमका लागि सहयोग पुर्‍याएर ग्रामीण क्षेत्रका नागरिकसम्म वित्तीय पहुँच पुर्‍याउन सेवा विस्तार गरिएको उहाँको भनाइ छ ।

यसअघि सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको सल्यानमा सेवा सञ्चालनमा आइसकेकोे छ ।