१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


आइपीएल : मुम्बई पराजित, राजस्थान र कोलकताबीच प्रतिष्पर्धा हुँदै


0
Shares

एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटमा पन्जाब किङ्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ ।

गएराति भएको खेलमा पन्जाबले मुम्बईलाई ९ विकेटले पराजित गरेको हो । मुम्बईले दिएको १ सय ३२ रनको लक्ष्य पन्जाबले १७ ओभर ४ बलमा १ विकेट गुमाएर पूरा ग¥यो । पन्जाबको जितमा लोकेश राहुलले अविजित ६३ रन जोड्दा क्रिस गेलले अविजित ४३ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३१ रन मात्रै बनाएको थियो । मुम्बईका लागि कप्तान रोहित शर्माले ६३ रन जोडेका थिए । योसँगै पन्जाबले लिगमा दोस्रो जित निकालेको छ । आईपिएल क्रिकेटमा आज बेलुकी राजस्थान रोयल्स र कोलकता नाइट राइडर्स भिड्नेछन् ।