
काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
शुक्रबार बसेको जनमोर्चाको केन्द्रीय सचिवालयको बैठकले गण्डकी र लुम्बिनीमा प्रदेश सरकारविरुद्ध आएका अविश्वासको प्रस्तावलाई समर्थन गर्ने निर्णय पनि गरेको छ ।
जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै गण्डकी प्रदेश सरकारविरुद्धको अविश्वासको प्रस्तावमा आगामी सोमबार छलफल हुने र उक्त प्रस्तावको पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन पठाइसकेको उल्लेख गर्नुभएको छ ।
केन्द्रमा ओली नेतृत्वको सरकारले लगातार अलोकतान्त्रिक, असंवैधानिक, अधिनायकवादी र प्रतिगामी प्रकारका कदमहरु चाल्दै आएको भन्दै उहाँले ओलीका पक्षधर र उनकै बाटो अनुशरण गर्ने कार्य र पद्धतिका विरुद्ध आफूहरू खडा भएको पनि विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस्