१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


अमेरिकामा जोन्सन एण्ड जोन्सनमाथि लगाइएको प्रतिबन्ध हटाइयो


0
Shares

एजेन्सी । अमेरिकामा कोरोनाविरुद्धको जोन्सन एण्ड जोन्सनको खोपमा लगाइएको प्रतिबन्ध हटाइएको छ । फुड एण्ड ड्रग एड्मिनिस्ट्रेशनले जोन्सन एण्ड जोन्सन खोपमाथि ११ दिनदेखिको प्रतिबन्ध हटाएको हो ।

तर खोपमा अति दूर्लभ प्रतिक्रियाका रुपमा रगत जम्नसक्ने चेतावनी भने राखिने भएको छ । जोन्सन एण्ड जोन्सनको खोप लगाएका करिब ८० लाख मध्येबाट १५ जनामा गम्भीर प्रकारको रगत जम्ने समस्या देखिएको थियो । समस्या देखिएका सबै ५० वर्ष मुनिका महिला छन् । उनीहरुमध्ये तीनजनाको मृत्यु भएको छ ।

युरोपियन औषधि नियामक निकायले पनि यही हप्ता जोन्सन एण्ड जोन्सनको खोपमाथिको प्रतिबन्ध हटाएको थियो । अमेरिकामा प्रतिबन्ध फुकुवासंगै नेदरल्याण्डस्मा रहेको कम्पनीको फ्याक्ट्रीबाट कम्तिमा १ करोड डोज खोप तत्कालै अमेरिका पठाइनेछ ।