
काठमाडौं । काठमाडौं उपत्यकाका गरिब तथा असहायहरूको स्वास्थ्य परीक्षणलाई सर्वसुलभ र सस्तो बनाउने उद्देश्यले एक–एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र स्थापना भएको छ ।
काठमाडौं उपत्यकाका गरिब र असहायहरूको स्वास्थ्य परिक्षणलाई सर्वसुलभ बनाउन काठमाडौंको थापाथलीमा एक–एक पाइला सामुदायिक स्वास्थ्य केन्द्र स्थापना गरिएको हो ।
स्वास्थ्य केन्द्रमा दक्ष चिकित्सकहरूद्वारा आँखा, दात, नाक, कान, घाँटी, प्याथोलोजी, स्त्रीरोग, वाल रोल, छाला तथा यौन रोग सम्बन्धी स्वास्थ्य समस्याको अन्य नीजि अस्पताल भन्दा सर्वसुलभ र सस्तोगरी उपचार गरिने एक एक पाइला सामुदायिक स्वास्थ्य केन्द्रका अध्यक्ष डा. सुमन शमशेर थापाले बताउनुभयो ।
२०७२ सालको भूकम्पपछि स्वयंसेवक डाक्टर तथा स्वास्थ्यकर्मीहरूको सक्रियतामा स्थापना भएको एक–एक पाइला नामक गैरसरकारी संस्थाले सो स्वास्थ्य केन्द्रको स्थापना गरेको हो ।
यस संस्थाले भूकम्प प्रभावितहरूलाई शिविर सञ्चालन गरेर शुरु गरेको अभियानलाई बिस्तार गर्दै देशका विभिन्न भू–भागमा स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्