१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


खोप लगाएपछि ठमेलको पर्यटन व्यवसायमा उर्जा थपिएको व्यवसायीको भनाइ


0
Shares

काठमाडौं । ठमेल क्षेत्रका व्यवसायीहरूले काेराेनाभाइरस विरुद्धकाे खोप लगाएपछि पर्यटन व्यवसायमा उर्जा मिल्ने बताएका छन् ।

ठमेल पर्यटन विकास परिषद्को आग्रहमा नेपाल सरकारले १० हजार खोप उपलब्ध गराएपछि व्यवसायी खुशी भएका हुन् । चीन सरकारले नेपाललाई उपलब्ध गराएको ‘भेरोसेल’ खोप ठमेल क्षेत्रका व्यवसायीहरूले लगाएका हुन् ।

परिषद्का उपाध्यक्ष एवं कोभिड–१९ पर्यटन व्यवसाय विपद समन्वय समितिका संयोजक भविश्वर शर्माले ठमेल क्षेत्रका सूचीकृत कम्पनी, घरधनी र कम्पनीका कर्मचारीहरू मध्ये ९५ प्रतिशतले खोप लगाइसकेको बताउनुभयो । खोप लगाएपछि व्यवसाय गर्न सहज हुने शर्माले बताउनुभयो ।

काठमाडौंको पर्यटनको केन्द्र मानिने ठमेल क्षेत्रका सबैले खोप लगाएको हुँदा ठमेल कोरोना संक्रमणको जोखिम रहित क्षेत्र भएको सन्देश दिन खोजेको परिषद्ले बताएको छ ।