१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भेन्टिलेटरमा उपचाररत कोरोना संक्रमितलाई हेलिकप्टरबाट काठमाडौं पठाइयो


0
Shares

बागलुङ । जिल्लाका एक जना कोरोना संक्रमितलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।

धौलागिरी अस्पताल बागलुङमा कोरोना सक्रमित भई १७ दिनदेखि भेन्टिलेटरमा उपचाररत ७१ वर्षीय वृद्धलाई थप उपचारका लागि काठमाडौं पठाइएको धौलागिरी अस्पताल बागलुङका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर शैलेन्द्र विक पोखरेलले जानकारी दिनुभयो ।

संक्रमितलाई भेन्टिलेटर बाहिर ल्याउन समस्या भएपछि काठमाडौं पठाउनुपरेको डा. पोखरेल बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले धेरै प्रयास गर्‍यौं, उहाँको स्वास्थ्य अवस्था स्थिर नै छ, तर भेन्टिलेटरबाट बाहिर ल्याउन समस्या भएपछि काठमाडौं पठाएका हौं ।’