
दार्चुला । ३ दिनको कोरोना नभएको रिपोर्ट नभए अब भारत प्रवेश गर्न नपाइने भएको छ ।
भारतको उत्तराखण्ड सरकारले शनिबार स्वास्थ्य निर्देशिका जारी गर्दै अन्य राज्यबाट उत्तराखण्ड प्रदेशमा प्रवेश गर्न ७२ घण्टाको कोरोना नेगेटिभ रिपाेर्ट अनिवार्य गरेकाे हाे ।
नेपाल–भारत सीमा रहेकाे पुलको बीच भागमा भारतले कोरोना नभएको रिपोर्ट देखाउनुपर्ने सूचना टाँसेको छ । यो नियम आइतबारदेखि लागू हुनेछ ।
यस अघि भारतको धारचुला बजार क्षेत्रमा ६ जनामा कोरोनाको नयाँ भेरियन्ट फेला परेपछि दिउँसो २ बजे देखि साँझ ५ बजेसम्म बजार बन्द हुँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्