३ बैशाख २०८२, बुधबार | Wed Apr 16 2025


सुपर लिगः विराटनगर र धनगढी तथा पोखरा र बुटवल भिड्दै


0
Shares

काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) फुटबल अन्तर्गत आजबाट हरेक दिन दुई खेला हुनेछन् ।

आज हुने पहिलो खेलमा विराटनगर एफसी र धनगढी एफसी भिड्नेछन् । विराटनगर र धनगढीबीचको खेल दिउँसो २ः३० बजे सुरु हुनेछ ।

रंजित धिमालको कप्तानीमा मैदान उत्रने विराटनगर जित निकाल्ने योजनामा हुनेछ । किरण चेम्जोङको कप्तानीमा रहने धनगढी पनि सुखद सुरुवातको लक्ष्यमा हुनेछ ।

यस्तै दोस्रो खेलमा पोखरा थन्डर्स र बुटवल लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ । पोखरा र लुम्बिनीबीचको खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।

पोखरा अनिल गुरुङको कप्तानीमा मैदान उत्रने छ । बुटवलको कप्तानी विशाल श्रेष्ठले गर्ने छन् ।

हिजोबाट सुरु भएको प्रतियोगितामा काठमाडौं रेजर्सले विजयी सुरुवात गरिसकेको छ ।

हिजो भएको उद्घघाटन खेलमा ललितपुर सिटी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै काठमाडौंले सुखद सुरुवात गरेको हो ।