१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


काेराेना संक्रमण बढे्सँगै सबै परीक्षा स्थगित


0
Shares

काठमाडौं । कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेपछि सरकारले सञ्चालन भइरहेको सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

सिसिएमसीकाे अइतबार बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो ।

यसअघि सरकारले संक्रमण उच्च रहेका सहरमा भौतिक कक्षा बन्द गरी वैकल्पिक विधिबाट पठनपाठन गर्नुपर्ने निर्णय गरे पनि पूर्वनिर्धारित परीक्षा सञ्चालन गर्ने भनेको थियो ।

संक्रमण बढ्दै गएपछि सिसिएमसीले परीक्ष्ाँसमेत स्थगित गर्ने निर्णय गरेको हो । त्रिविलगायतका बोर्ड परीक्षा सञ्चालन भइरहेका छन् ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले सोमबारको परीक्षालाई निरन्तरता दिएर अन्य परीक्षाका विषयमा सरकारबाट आधिकारिक जानकारी आएपछि निर्णय गरिने बताउनुभयाे । त्रिविले १७ वैशाखदेखि स्नातकोत्तर तह तेस्रो सेमेस्टरका परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो ।