
काठमाडौं । कोरोना महामारीको पहिलो लहरको तुलनामा लहरमा बिरामीमा कडा लक्षण देखिएको र श्वासप्रश्वास सहज पार्न धेरै अक्सिजन दिनुपर्ने स्थिति रहेको चिकित्सकले बताएका छन् ।
पहिला सघन उपचार कक्ष तथा भेन्टिलेटरमा राखिएका बिरामीलाई प्रतिमिनेट २ देखि ४ लिटर अक्सिजन चाहिन्थ्यो भने अहिले प्रतिमिनेट १५ लिटर चाहिने भएको छ, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले भने, अहिले लक्षण कडा खाले छन् र रोगले छिटो च्याप्ने गरेको देखिएको छ ।
उक्त अस्पतालले भमरतबाट तरल अक्सिजन ल्याएर प्लान्टमा राखी पाइपमार्फत सीधै बेडमा पुर्याउने गरेको छ । राजभण्डारीले दुईतीन महिनासम्म पुग्ने अनुमान गरिएको अक्सिजन १५ दिनमा सकिने अवस्था आएको बताउँदै त्यसपहिले नै भारतबाट आपूर्ति हुने जानकारी दिए ।
डा.राजभण्डारीले भनेझै भारतको इन्यिन काउन्सिल अफ मेडिकल रिसर्चले हालै गरेको एक अध्ययनअनुसार पहिलो लहरमा ४१ दशमलव ५ प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक पथ्यो भने दोस्रो लहरमा ५४ दशमलव ५ प्रतिशत बिरामीलाई अक्सिजन आवश्यक रहेको छ ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक डा. विमल पाण्डेले पनि यसपालि अक्सिजन चाहिने बिरामी धेरै भएको बताए । भाइरसमा आएका उत्परिर्वतनले संक्रामकता बढेको देखिन्छ, उनले भने, यसपटक युवा पनि गम्भीर रुपमा बिरामी परेका छन् ।
त्रिवि टिचिङ अस्पतालका चिकित्सक डा. सुवास आचार्य अहिले संक्रमितको संख्या ह्वात्तै बढेकाले सोही अनुपचतमा अक्सिजन पनि बढी आवश्यक देखिएको तर्क गर्छन् ।
प्रतिक्रिया दिनुहोस्