१ चैत्र २०८१, शुक्रबार | Fri Mar 14 2025


बर्दियामा एक साताका लागि निषेधाज्ञा


0
Shares

बर्दिया । बर्दिया जिल्लामा कोरोना भाईरस संक्रमणको जोखिम कम गर्न एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले बर्दिया जिल्लामा कोरोना भाईरसको जोखिम कम गर्न आजदेखि लागु हुने गरी १९ गतेसम्म निषेधाज्ञा जारी गरेको हो ।

छिमेकी जिल्ला बाँकेमा कोरोना भाइरसको संक्रमण दिनहुँ बढ्दै गएपछि बाँकेको असर बर्दिया जिल्लामा पनि पर्न सक्ने भन्दै निषेधाज्ञा बन्दाबन्दी गरिएको बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले जानकारी दिनु भएको छ ।

निषेधआज्ञा अवधिभर स्वास्थ्यका मापदण्डको पालना गरी अत्यावश्यक सेवा तथा विकास निर्माणका कार्य बाहेक सम्पूर्ण सेवा र कार्यमा प्रतिबन्ध लगाइएको छ ।