
एजेन्सी । फ्रान्समा कोरोनाको तेस्रो लहर शुरु भएको छ । त्यहाँ एकैदिन २४ हजार भन्दा धेरै संक्रमित थपिएका छन भने १ सय ४५ जनाको मृत्यु भएको छ ।
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोले देशको स्तिथी कोरोनाका कारण नाजुक अवस्थामा पुगेको भन्दै नियन्त्रणका लागि उचित कदम चाल्ने प्रष्ट पार्नुुभयो ।
यद्दपी कस्तो खालको प्रतिबन्ध भन्ने जानकारी दिनुभएन । हाल फ्रान्समा ५ हजार ९ सय ७८ जनाको आइसीयूमा उपचार भइरहेको छ । फ्रान्समा संक्रमणका कारण १ लाख २ हजार ८ सय ५८ जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्