१३ बैशाख २०८२, शनिबार | Sat Apr 26 2025


ओस्कार अवार्डमा उत्कृष्ट निर्देशकको पुरस्कार क्लोई चाओलाई


0
Shares

एजेन्सी । यस वर्षको ओस्कार अवार्डमा उत्कृष्ट निर्देशकको पुरस्कार चिनियाँ मुलकी अमेरिकी निर्देशक क्लोई चाओले जित्न सफल भएकी छिन् ।

पुरस्कार पाएसँगै उनी ओस्कारको ९३ वर्षको इतिहासमा उत्कृष्ट निर्देशक घोषित हुने उनी दोस्रो महिला बनेकी छिन् ।

उनलाई नोमाडल्यान्ड फिल्मको लागि सर्वोत्कृष्ट निर्देशकको पुरस्कार दिइएको हो ।

अमेरिकाको लस एन्जलसमा भएको समारोहमा पुरस्कार स्वीकार गर्दै चाओले यो अवार्ड आफूलाई प्रेरणा दिनेहरूलाई समर्पण गरेको प्रतिक्रिया दिएकी छिन् ।

यसअघि सन् २०१० को ओस्कारमा ’हर्टलकर’ फिल्मका लागि क्याथरिन बिग्लोले उत्कृष्ट निर्देशकको पुरस्कार जितेकी थिइन् ।