१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बागलुङका होटल बुकिङ धमाधम रद्द हुँदै


0
Shares

बागलुङ । कोरोना जोखिम बढेसँगै गति लिन थालेको होटल व्यवसाय पुनः संकटमा पर्न थालेका छन् । कोरोनाबाट अति प्रभावित जिल्लाको सूचीमा बागलुङ परेपछि कोरोनाका कारण चल्न थालेका होटलहरू पुनः प्रभावित भएका छन् ।

कोरोना जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय बागलुङले मठ मन्दिर प्रवेश गर्न र सभा सम्मेलन गर्न रोक लगाएको छ । प्रशासनले रोक लगाएपछि ५ सय बुकिङ रद्द गरिएको होटल व्यवसायी संघ बागलुङका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिनुभयो ।

बागलुङको प्रसिद्ध कालिका मन्दिर, विश्वकै लामो भनिएको ५ सय ६७ मिटर लामो बागलुङ बाङ्गेचौरबाट पर्वतको अदुवाबारी जोड्ने झोलुङगे पुल, पन्चकोट, सालिग्राम संग्राहलय हेर्न स्थानीय तथा बाह्य पर्यटक आउने गर्दथे ।