
कपिलवस्तु । जिल्लाका दुई स्थानीय तहले कोरोना भाइरसको जोखिम बढेको भन्दै विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ । जिल्लाको शिवराज र कृष्णनगर नगरपालिकाका विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।
शिवराज नगरपालिकाले जेठ २ गतेसम्मका लागि विद्यालय सञ्चालन नगर्न र सञ्चालित परीक्षा स्थगन गर्न निर्देशन दिएको छ । उता कृष्णनगर नगरपालिकाले भने अर्को सूचना नआएसम्मका लागि विद्यालय बन्द गर्न निर्देशन दिएको छ । उसले निर्देशनलाई अटेर गरी परीक्षा र विद्यालय सञ्चालन गरेर कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
भारतमा कोरोना भाइरसेको नयाँ भेरियन्ट फेला परेर संक्रमित तीव्र फैलिएपछि भारतसँग सीमा जोडिएका तराईका जिल्लाका स्थानीय तहहरूले जोखिम न्यूनिकरणका लागि विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् । उनीहरूले यस अवधिमा विद्यार्थीलार्ई वैकल्पिक माध्यमबाट पढाउन पनि आग्रह गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्