१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कोरोनाबाट थप १२ जनाको मृत्यु, ३५ सय ५६ जनामा संक्रमण


0
Shares

काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण थप जनाको १२ मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट १२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालका कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३१ सय ७६ पुगेको छ ।

नेपालमा एकैदिन ३५ सय ५६ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार १२ हजार ४ सय पीसीआर परीक्षणबाट ३४ सय ४२ तथा ८ सय ९३ एन्टिजेन परीक्षणबाट १ सय १४ जनामा संक्रमण पुष्टि भएको हो ।

थपिएकामा काठमाडौं उपत्यकाका मात्रै १९ सय १२ जना हुन् ।

काठमाडौंका १५ सय ६७, ललितपुरका २ सय २३ र भक्तपुरका १ सय २२ जना हुन् ।

त्यस्तै बाँकेका ३ सय ७, मोरङका १ सय ३४, पर्साका ९८, चितवनका ९६, रुपन्देहीका ९५ तथा कास्कीका ६२ जना हुन् ।

त्यस्तै १९ वर्ष मुनिका ३ सय ३६ जना, २० देखि २९ वर्षका ८ सय ६३ जना, ३० देखि ३९ वर्षका ८ सय ५० जना, ४० देखि ४९ वर्षका ६ सय ७ जना तथा ५० देखि ५९ वर्षका ४ सय ५ जना थपिएका छन् ।

योसँगै सक्रिय संक्रमितको संख्या २२ हजार ४ सय ३४ पुगेको छ ।

सोमबार ३ सय ७८ जनामात्र संक्रमणमुक्त भएका छन् ।

यसअघि आइतबार २८ जनाको मृत्यु हुँदा ३१ सय २२ संक्रमित थपिएका थिए ।

देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ४ सय ३४ रहेको छ । जसमध्ये २ सय ६८ जना आईसीयू र ७८ जना भेन्टिलेटरमा छन् ।