१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महाकालीमा जिप दुर्घटनाः तीनजना घाइते, चालक फरार


0
Shares

बैतडी । महाकाली राजमार्गमा जिप दुर्घटना हुँदा ३ जना घाइते भएका छन् ।

कैलालीको अत्तरियाबाट दार्चुला जान लागेको भे १ च ३५११ नम्बरको जिप महाकाली राजमार्ग अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका–३ सिल्लेगडा बजार नजिकै दुर्घटनामा हुँदा ३ जना घाइते भएका हुन् ।

घाइते हुनेमा दार्चुलाको अपिहिमाल गाउँपालिका–५ का जनकसिंह धामी, दलवीर धामी र महादेव धामी रहेका छन् । घाइतेमध्ये जनकको बाँया खुट्टा र हात चोट लागेको । अरु दुईजनाको अवस्था सामान्य रहेको खोचलेक प्रहरी चौकीका इञ्चार्ज मोतीबमले जानकारी दिनुभयो । घाइतेहरूको स्थानीय क्लिनकमा उपचार भइरहेको छ ।

फलफूल बोकेको जिप सडक छेउमै पल्टेको र रुखको आडले रोकिँदा धेरै क्षति हुन नपाएको प्रहरीले जनाएको छ । जिपमा चालक सहित चारजना सवार रहेका थिए ।

दुर्घटना लगत्तै दार्चुलाको अपिहिमाल ५ का चालक विरेन्द्र धामी भने फरार छन् । ब्रेक फेल भएर जिप दुर्घटना भएको खोचलेक प्रहरी चौकीले जनाएको छ ।