१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


लेष्टर सिटीद्वारा क्रिष्टल प्यालेस पराजित


0
Shares

एजेन्सी । इंग्लीश प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले क्रिष्टल प्यालेसलाई २–१ ले हराएको छ ।

गएराति आफ्नै मैदानमा भएको खेलमा लेष्टरलाई विजयी गराउन टिमोथी कास्टाग्ने र केलेची इहिनाचोले एक एक गोल गरे ।

खेलमा पहिलो गोल भने प्यालेसका विल्फ्रेड जाहाले गरेका थिए । यो जितसँगै लेष्टर सिटीले अर्को सिजनको च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना बलियो पारेको छ ।

प्रिमियर लिगमा शिर्ष चार स्थानमा रहेन टोली च्याम्पियन्स लिगका लागि छनौट हुने प्रावधान छ ।

३३ खेलबाट ६२ अंक जोडेको लेष्टर तालिकाको तेस्रो स्थानमा रहेको छ । चौथो स्थानको चेल्सीको ५८ अंक छ ।

७७ अंकसहित म्यान्चेस्टर सिटी शिर्ष स्थानमा रहँदा दोस्रो स्थानको म्यान्चेस्टर युनाईटेडको ६७ अंक छ ।