१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


साझेदार राष्ट्रहरुलाई कोरोना खोप सहयोग गर्ने अमेरिकाको घोषणा


0
Shares

एजेन्सी । अमेरिकाले कोरोनाविरुद्धको एष्ट्राजेनेका भ्याक्सिन अन्य राष्ट्रहरुलाई वितरण गर्ने भएको छ ।

सो खोप आगामी महिना वितरण गरिने अमेरिकाले जनाएको छ । राष्ट्रपति जो बाडडेन प्रशासनमाथि साझेदार राष्ट्रहरुलाई खोप वितरण गर्न दवाव बढेसँगै ह्वाइट हाउसले आगमी महिना खोप वितरण गर्ने जनाएको हो ।

अमेरिकाले गत महिना पनि क्यानडा र मेक्सिकोलाई चार मिलयिन डोज खोप उपलब्ध गराएको थियो ।

ह्वाइट हाउसका प्रेस सचिव जेन सासाकीले पत्रकार सम्मेलन गरेर ६० मिलियन डोज खोप वितरण गर्ने बताएपनि कुन कुन देशलाई उपलब्ध गराउने हो भन्ने बारे भने नखुलाएको बीबीसीले जनाएको छ ।

उहाँले अमेरिकी नियामक निकायले अझै पनि खोपको गुणस्तबारे ध्यान दिनुपर्नेपनि बताउनुभएको छ ।

यसैबीच अमेरिकाले भारतलगायत अति प्रभावित राष्ट्रहरुमा खोपलगायत विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराउने जनाएको छ ।

राष्ट्रपति बाइडेनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिफोन संवाद गरी भारतलाई अवश्यक पर्ने खोपको मात्रा, अक्सिजनलगायत उपचाका लागि आपतकालीन सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

अमेरिकामा हालसम्म फाइजर बायोटेक, मोर्डन इङ्क । जोनसन एण्ड जोनसन भ्याक्सिनहरु उत्पादन भइरहेका छन् ।