१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कास्की र सुर्खेतमा एक हप्ता निषेधाज्ञा


0
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, कास्कीले भोलीदेखि एक साताका लागि निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा जिल्ला कोभिड संकट व्यवथापन केन्द्रको हिजो बसेको बैठकले वैशाख १५ गते बिहान ६ बजेदेखि २१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

गण्डकी प्रदेशमा अहिले ९ सय ३७ जना सक्रिय संक्रमित छन् । कास्कीमा मात्रै सक्रिय संक्रमितको संख्या ६ सय ६४ पुगेको छ ।

जारी गरिएको निषेधाज्ञा अनुसार विवाह, ब्रतबन्ध एवं अन्य संस्कारजन्य कार्य पार्टी प्यालेस वा होटलमा गर्न पाइने छैन भने घरमा गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने छ र १५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन ।

दैनिक उपभोग्य खाद्यान्न र निर्माण सामग्रीका पसलहरु विहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म खोल्न पाइनेछ ।

अरु पसल तथा डिपार्टमेन्ट स्टोर तथा सपिङ मल बन्द हुनेछन् । बैंक तथा वित्तीय संस्था न्यूनतम कर्मचारी राखेर सञ्चालन गर्नुपर्नेछ भने होटल तथा रेष्टुराँले विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म टेक अवे सेवा मात्रै दिन सक्नेछन् ।

उता सुर्खेतमा पनि आजबाट एक साताको लागि निषेधाज्ञा जारी गरिएको छ ।