
बिराज रोस्यारा
कैलाली । कोरोना कहरको जोखिम सुदूरपश्चिम प्रदेशमा पनि बढ्दै गएको छ । त्यसमा पनि कैलालीको जनजीवन प्रभावित मात्र हैन, जटिल अवस्था श्रृजना हुन देखिन्छ ।
भारतसंगको खुला सिमाना भएका कारण कैलाली कञ्चनपुरमापनि कोरोना संक्रमण निकै बढिरहेको छ ।
संक्रमण बढेसंगै कोरोनाबाटै ज्यान गुमाउनेको संख्या पनि दिन प्रतिदिन बढिरहेको छ । कोरोना संक्रमण दर दिन प्रतिदिन बढिरहेका बेला अब लकडाउन गर्ने की आशिंक निशेधाज्ञा गर्ने भनेर प्रशासनले छलफल थालेको छ ।
कैलाली र कञ्चनपुरका सुरक्षा अधिकारीहरुको बैठक बसी दुइवटै जिल्लामा आशिंक रुपमा निशेधाज्ञा गर्ने निर्णय समेत गरिएको छ ।
दुई जिल्लाका सुरक्षा अधिकारीहरुको बैठकले विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र लगायतका सबै शैक्षिक संस्थाहरू वैशाख भर सञ्चालन नगर्ने निर्णय गरेको छ ।
बैठकले विगतमा सञ्चालित आइसोलेसन, क्वारेन्टिइनलाई फेरी सक्रिय बनाउने, छोटो दुरीका सवारी साधनहरूलाई कैलाली कञ्चनपुरमा जोर बिजोर प्रणालीमा सञ्चालन गर्ने , होटेल रेस्टुरेन्ट बिहान ८ बजे देखी राती ८ बजे सम्म मात्रै सञ्चालन गर्न दिने लगायतका २५ निर्णय गरेको कैलाली प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयो ।
सुरक्षा अधिकारीहरुले गौरिफन्टा नाकाको निरिक्षण समेत गरेका छन् । बैठकले भारतबाट फर्किनेहरूलाई गौरीफन्टा सीमा नाका र गड्डा चौकी नाकामा स्वास्थ्य चेक गरी सम्बन्धित पालिकाहरूमा पठाउने निर्णय समेत गरेको छ ।
साथै नेपाल भित्रिने भारतीय नागरिकहरुलाई अनिवार्य पीसीआर रिपोर्ट हुनुपर्ने निर्णय बैठकले गरेको हो ।
तत्काल सबैले स्वास्थ्य मापदण्ड अपनाएर शुरक्षित रहे लकडाउन नहुने तर नियमको पालना नभए लकडाउनको सम्भावना रहेको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताउनु भयो ।
प्रशासनले स्वास्थ्य मापदण्ड अपनाउँदै आशिंक रुपमा गरेको लकडाउनलाई नीजि क्षेत्रले पनि सहयोग गरेको छ ।
कैलाली उधोग बाणिज्य संघले सबै ब्यवसायीहरुलाई स्वास्थ्य मापदण्ड अपनाएर ब्यवसाय सञ्चालन गर्न आह्वान गरेको कैलाली उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष पुस्कर ओझाले बताउनु भयो ।
तत्काललाई कैलाली कञ्चनपुरका प्रशासनले आशिंक रुपमा मात्रै निशेधाज्ञा गर्ने निर्णय गरेपनि संक्रमण दर बढ्दै गए चाँडै पुर्ण रुपमा निशेधाज्ञा जारी हुने बताईएको छ ।
त्यस कारण आफ्नो स्वास्थ्यको ख्याल आफै गर्दै स्वास्थ्यका सम्पुर्ण मापदण्ड पालना गर्न आवश्यक देखिन्छ ।
(भिडियो हेर्नुहोस्)
प्रतिक्रिया दिनुहोस्