२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अर्घाखाँचीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु


0
Shares

अर्घाखाँची । जिल्ला अस्पताल अर्घाखाँचीमा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय अर्घाखाँचीका अनुसार मालारानी गाउँपालिका–७ का ६० वर्षिय पुरुषको मृत्यु भएको हो ।

गत चैत २७ गते भारत बाट घरमा आएका वृद्ध ९ गते बुटवलको कोरोना अस्पतालमा पीसीआर परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो ।

बुटवलमा बेड अभाव भएपछि घरमै आइसोलेशनमा बसेका वृद्धका स्वास्थ्यमा समस्या आएपछि मंगलबार उपचारको लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएको थियो ।

अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी विजय विक ले जानकारी दिनुभयो ।