१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रुपन्देहीमा १६ गते देखि निषेधाज्ञा लगाउने तयारी


0
Shares

दीपक घिमिरे
भैरहवा । जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले रुपन्देहीमा निषेधाज्ञा लगाउने तयारी गरेको छ ।

भारतसँग खुला सीमानाका जोडिएको रुपन्देहीमा दैनिक संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गएपछि रुपन्देही प्रशासनले वैशाख १६ गते देखि २९ गते सम्मका लागि निषेधाज्ञा लगाउने तयारी गरिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले जानकारी दिनुभयो ।

निषेधाज्ञा लगाउने विषय स्थानीय प्रशासनले सरोकारवाला पक्षसँग छलफल गरिरहेको छ । प्रमुख जिल्ला अधिकारी तथा तीनबटै सुरक्षा निकायका प्रमुखहरूसहितले सरोकारवालासँग चरणबद्ध रूपमा छलफल गरिरहेका छन् ।

सरकारले पहाडी तथा हिमाली जिल्लामा सक्रिय संक्रमित सङख्या २ सय र काठमाडौँ उपत्यका र तराईका जिल्लामा सक्रिय संक्रमित संख्या ५ सय पुगेपछि सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले निषेधाज्ञा जारी गर्न सक्ने गरी अधिकार दिएको छ ।

रुपन्देहीमा सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ७० पुग्दा मृत्यु हुनेको संख्या १ सय ७४ पुगेको छ ।