१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कांग्रेसका १ सय ५९ नेतामध्ये २८ जनाको पीसीआर रिपोर्ट आउन बाँकी


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा केन्द्रीय कार्यालयमा कार्यरत १ सय ५९ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गरिएको छ । जसमा २८ जनाको रिपोर्ट आउन बाँकी छ ।

परीक्षण गरेकामध्ये १ सय ३१ जनामा कोरोना भाइरसको संक्रमण नभएको कांग्रेस केन्द्रीय कार्यालय सचिव प्रेम केसीले जानकारी दिनुभयो । भोलि बस्ने केन्द्रीय कार्यसमितिको बैठकका लागि कांग्रेसले केन्द्रीय कार्यसमिति सदस्य र कार्यालयका सदस्यहरूको पीसीआर परीक्षण गर्ने निर्णय गरेको थियो ।

सोमबार केन्द्रीय कार्यसमिति बैठक बोलाइएको भए पनि कोरोना भाइरसको जोखिम रहेको भन्दै परीक्षण पछि मात्र बैठक बस्ने निर्णय भएपछि परीक्षण गरिएको सचिव केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बाँकी २८ जनाको रिपोर्ट पनि आज बेलुकीसम्म आइपुग्नेछ ।