
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाको जेठ ६ गते हुने उपनिर्वाचनका लागि १ करोड ६१ लाख ३० हजार रुपैयाँ माग गर्ने निर्णय गरेको हो । आयोगले उक्त रकम अर्थ मन्त्रालयसँग माग गर्ने निर्णय गरेको हो ।
नेकपा एकता भङ्ग भएर माओवादी केन्द्रबाट निर्वाचित रामबहादुर थापा ‘बादल’ एमालेमा लागेपछि उनको पार्टीले पद खारेज गरेपछि उपनिर्वाचन हुन लागेको हो । राष्ट्रियसभाको निर्वाचनमा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेशसभा सदस्यहरूले मतदान गर्न पाउनेछन् ।
यस्तै आयोगले न्याय सेवा आयोगको समन्वयनमा मकवानपुर जिल्ला अदालतका न्यायाधीश डिल्लीरत्न श्रेष्ठलाई प्रमुख निर्वाचन अधिकृत नियुक्त गरेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्