
एजेन्सी । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनल पहिलो लेगको खेलमा रियाल मड्रिड र चेल्सीले बराबरी खेलेका छन् । गएराति स्पेनको मड्रिडमा भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो ।
खेलमा पाहुना टोली चेल्सीले क्रिस्चियन पुलिसिकको गोलमार्फत अग्रता लियो । तर रियालका करिम बेन्जमाले आकर्षक गोल गर्दै खेल बराबरीमा पु¥याए ।
यी दुई टोलीबीचको दोस्रो लेगको खेल आगामी मे ६ तारिखमा लण्डनस्थित चेल्सीको मैदानमा हुनेछ । युएफा च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज राती फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी) र इंग्ल्याण्डको म्यान्चेस्टर सिटी भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्