
काठमाडौं । देशभरका पहाडी क्षेत्रमा बदली भएर मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेपनि बाँकी भागको मौसम सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौंमा पनि आज सामान्यतया मौसम सफा रहने महाशाखाले जनाएको छ । काठमाडौंको आज बिहानको न्यूनतम् तापक्रम १४ डिग्री सेल्सियस रह्यो भने दिउँसोको अधिकतम् तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसकाबीच रहने महाशाखाले जनाएको छ ।
आज बिहान सूर्योदय ५ बजेर २७ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर ३६ मिनेटमा हुनेछ ।
प्रतिक्रिया दिनुहोस्