१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


अफ्रिकामा मानवीय संकट, २ करोड ८० लाखमा मानवीय संकट


0
Shares

एजेन्सी । संयुक्त राष्ट्रसंघले अफ्रिकाको साहेल क्षेत्रमा मानवीय संकट देखापरेको जनाएको छ ।

सहारा मरुभूमि वरिपरि रहेका बुर्किना फासो, उत्तरी क्यामरुन, चाड, माली, नाइजर र उत्तरपूर्वी नाइजेरियालाई साहेल क्षेत्र भनिन्छ ।

ती देशका २ करोड ८० लाख मानिस असुरक्षा र भोकमरीको चपेटामा परेकाले तत्काल सहयोग आवश्यक रहेको राष्ट्रसंघको भनाइ छ ।

बुर्किना फासो, उत्तरी क्यामरुन, चाड, माली, नाइजर र उत्तरपूर्वी नाइजेरियामा हिंसा बढ्दै गएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।

ती देशहरुमा सशस्त्र समूहको आक्रमण, लैंगिक हिंसा, विस्थापन र भोकमरीको समस्या रहेको छ । हिंसाका कारण सो क्षेत्रबाट ५३ लाख मानिस विस्थापित भइसकेको अलजजिराले जनाएको छ ।