
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा एक सय ८६ जना औलो रोगका बिरामी फेला परेका छन् ।
चालु आर्थिक वर्षमा कैलालीमा ७०, कञ्चनपुरमा ३६, अछाममा १४, बैतडीमा १२, डडेल्धुरामा ९ र डोटीमा ७ जना औलो रोगी फेला परेका हुन् ।
प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार स्थानीय भन्दा पनि आयातितहरुमा औलो रोग देखिएको हो ।
औलो रोग नियन्त्रणका लागि सरकारी प्रयास जारी रहे पनि यहाँका ६ जिल्लामा अझै औलो रोग पूर्ण रुपमा नियन्त्रणमा आउन नसकेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
चालु आर्थिक वर्षमा एक सय १५ आयातित औलोका बिरामी रहेको जनाइएको छ । प्रदेशमा आर्थिक वर्ष २०७६÷७७ मा तीन सय २० औलोका बिरामी थिए ।
जसमध्ये दुई सय ५५ आयातित र ६५ स्थानीय औलोका बिरामी थिए ।
प्रतिक्रिया दिनुहोस्