१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


किसानलाई आकर्षित गर्न व्यावसायिक कफी खेती नै सुरु


0
Shares

विकास घिमिरे

धनकुटा । पहाडी जिल्ला धनकुटा कफी लागि नाम कमाएपनि माग अनुसारको पूर्ति गर्न नसक्दा यहाँका कफी किसानहरु समस्यामा परेकाछन् । यहाँको कफी तराईका जिल्ला र बाहिरसमेत निर्यात हुने गरेको थियो । तर, पछिल्लो समय यसको ब्यवसायीक खेतीमा बिस्तारै कमी आउन थालेपछि यहाका स्थानीय निकायले कफीखेतीमा जोड दिन थालेका छन् ।

पाख्रिबास नगरपालिकाले गत बर्ष कृषि अभियान्ता तथा बिज्ञ जीवन कुमार राईको नेतृत्वमा कफीको सम्भाब्यता अध्ययन गरेर यो बर्षबाट कफी खेती सुरु गरेको हो । नगरपालिकाले यो बर्षबाट खेती बिस्तार गर्न १० लाख रुपैया लागतमा ७ रोपनी क्षेत्रफलमा मुगा स्थित राई गाउँमा कफीको नर्सरी शुरु गरेको छ । बाँझो र खाली रहेको जमिनलाई सदुपयोग गर्न र यहाँ बाट भै रहेको तिव्र बसाई सराई लाई रोक्नको साथै यहाँका किसानको आम्दानी लाई समेत बढाउन पाख्रिबास नगरपालिकाले कफी बिकास योजना अन्र्तगत काम थालेको पाख्रिबास नगरपालिका प्रमुख बिर्ख बहादूर राईले बताउनु भयो ।

५ लाख कफीका बिरुवा उत्पादन गर्ने लक्ष्यका साथ नगरको लगानीमा तेखिमे कृषि परामर्श सेवा फर्म धनकुटाले यो बर्ष उत्पादन गरेको ५० हजार बिरुवा पाख्रिबासमा रोपिनेछन् । यहाँ गरिएको सम्भाब्यता अध्ययनले कफी खेतिको लागि उत्तम हावापानी भएकाले स्थानिय स्तरमै विरुवा उत्पादन गरेर खेति गर्न लागिएको कृषि अभियान्ता जीवन कुमार राईले बताउनुभयो ।

पाख्रिबास नगरपालिका कफि खेतिका लागि वतावरणीय हिसाबले उपयूत छ । कृषि अनुसन्धान केन्द्र पाख्रिबासले समेत धेरै समय देखि अनुसन्धान गरेको र यहाँ कफि खेति गर्न उपयूत भएकाले यसको बजार अन्तराष्ट्रिय स्तरमा समेत रहेकाले किसान लाई व्यावसायीक खेतितर्फ अकर्षित गरीएको हो । यहाँका सबै किसानलाई कफीखेतीमा सम्लग्न गराईने कृषि अनुसन्धान केन्द्र पाख्रिबासका प्रमुख डाक्टर गोविन्द तिम्सिनाले बताउनुभयो ।

नगरपालिकाले किसानहरुलाई व्यावसायीक बनाउन र कफी निर्यातलाई भरपर्दो बनाउन बाँझो र खाली रहेको जमिन लाई सदुपयोग गर्ने भएको छ । यति मात्र हैन, त्यसकालागि मल खादको व्यावस्था, रोगकिराको उपचार, विमा र बजारकिरणको व्यवस्था लगायतका पक्ष लाई समेत सम्बन्धीत निकायले ध्यान दिन आबश्यक देखिन्छ ।