१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मेलौली नगरपालिकाले बार अनुसार सेवा दिने


0
Shares

बैतडी । कोरोना भाइरस सत्रंmमणको जोखिम बढेसँगै मेलौली नगरपालिकाले बार अनुसार वडाका नागरिकलाई सेवा दिने निर्णय गरेको छ ।

वैशाख १९ गते आइतबारदेखि बार अनुसार वडाका नागरिकलाई सेवा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम उपाध्यायले जानकारी दिनुभयो ।

आइतबार १, सोमबार २ र ३, मंगलबार ७, बुधबार ४ र ५, बिहीबार ६ र ९ तथा शुक्रबार ८ नम्बर वडाका नागरिकलाई सेवा दिइने नगरपालिकाले जनाएको छ ।

यसअघि नगरपालिकाले विद्यालयहरूका वार्षिक परीक्षा पनि स्थगित गरिसकेको छ । बैतडीमा हालसम्म १ सय १८ जनामा संक्रमण पुष्टि भइसकेको छ ।