
काठमाडौं । कोरोना संक्रमण तीव्र रूपमा बढ्न थालेपछि सरकारले उपत्यकाका तीन जिल्लामा १५ दिनका लागि निषेधाज्ञा जारी गरेको छ ।
वैशाख १६ गतेदेखि निषेधाज्ञाको घोषणा भएपछि उपत्यका छाड्नेको सङ्ख्या ह्वात्तै बढेको छ । अघिल्लो वर्ष काठमाडौंमै पाएको दुःखका कारण यसपटक धेरै मानिस समयमै उपत्यका छाड्न लागेका छन् ।
नयाँ बसपार्कमा घर जानेको भीड बढेपछि स्वास्थ्य मापदण्ड पूरा गर्न नसकिएको यातायात व्यवसायीहरू स्वीकार गर्छन् । काउन्टरबाट सीटको मात्र टिकट काटेर पठाए पनि बसका कर्मचारीले थप मानिस राख्दा समस्या भएको छ ।
यात्रुको चाप धेरै भएकाले स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गराउन नसकिएको उहाँ बताउनुहुन्छ । दीपक श्रेष्ठको स्थलगत रिपोर्ट–
प्रतिक्रिया दिनुहोस्