१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


आन्दोलनरत अटो तथा रिक्सा चालकहरु र महानगरबीच पाँचबुँदे सहमति


0
Shares

चितवन । आन्दोलनरत अटो तथा रिक्सा चालक र चितवनको भरतपुर महानगरपालिकाबीच पाँचबुँदे सहमति भएको छ ।

महानगरले राजमार्ग क्षेत्रमा अटो ट्याम्पो र रिक्सा चलाउन रोक लगाएपछि आन्दोलन भएको थियो ।

गोली लागेर घाइते भएका महेन्द्र सुनारको उपचार महानगरले र जिल्ला प्रशासन कार्यालयले गर्ने सहमति भएको छ ।

सहमतिअनुसार भरतपुर महानगरको राजमार्ग क्षेत्रमा अटो ट्याम्पो र रिक्सा गुड्न पाउने छैनन् ।

वारपार गर्ने १८ वटा विन्दूबाहेक महानगरको राजमार्गमा अटो रिक्सा र ट्याम्पो नगुडाउने सहमति भएको हो ।

सहमतिसँगै अटो तथा रिक्सा चालकहरुले आन्दोलनका सवै कार्यक्रम फिर्ता लिएका छन् ।

भरतपुरमा प्रहरी र अटो रिक्सा चालकबीच हिजो झडप हुँदा दर्जनौं घाइते भएका थिए ।