१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कञ्चनपुरमा लकडाउन, नाका भने खुला


0
Shares

कञ्चनपुर । कञ्चनपुरमा कोरोना संक्रमण कम गर्नका लागि आजदेखि लकडाउन गरिए पनि सीमा नाका भने बन्द गरिएको छैन् ।

जिल्लामा लकडाउन गरिएपनि कञ्चनपुरस्थित गड्डाचौकी र गौरीपन्टा नाका भने खुला रहने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

भारतमा कोरोना महामारी बढसँगै स्वदेश फर्किन चाहने नेपालीहरुलाई लक्षित गरि सीमानाका खुला राखिएको कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जानकारी दिनुभयो ।

यसरी भित्रिनेहरुमध्ये कञ्चनपुर जिल्लाको नागरिकका हकमा सम्बन्धित स्थानीय तहमा क्वारेन्टिन र आइसोलेसनमा राखिने छ भने अन्य जिल्लाका नागरिकहरुलाई सीमानाकाबाटै सम्बन्धीत जिल्लामा पठाउने व्यवस्था गरिएको छ । यस्तै नेपालबाट भने अत्यावश्यक काम बाहेक भारत जान रोक लगाइएको छ ।