
web pic
बुटवल । बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालले संचालन गरेको कोरोना बिशेष अस्पतालमा आधा घण्टाको बीचमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका लागि अस्पताल भर्ना भएका उनीहरुको आज बिहान मृत्यु भएको हो ।
मृत्यु हुनेमा ३१ वर्षिय पुरुष, ६६ वर्षिय पुरुष र ७२ वर्षिया महिला रहेको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिनु भएको छ । आज तीन जनाको मृत्यु भएसँगै रुपन्देहीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ सय ८४ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्