
तस्विर फाइल
काठमाडौं । कोरोना संक्रमण भएपछि नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था बिग्रिएको छ ।
उहाँलाई श्वासप्रश्वासमा समस्या देखिएपछि हिजोदेखि अस्पतालको आइसियूमा भर्ना गरिएको अस्पतालले जनाएको छ । पूर्वरानी शाहको अक्सिजनको सहायतामा आइसियूमा उपचार भइरहेको छ ।
उहाँमा अक्सिजनको मात्रा कमी भएपछि बढाइएको अस्पतालले जनाएको छ । कोरोना संक्रमण भएर सोही अस्पतालमा भर्ना हुनुभएका पूर्वराजा ज्ञानेन्द्रको अवस्था भने सामान्य रहेको अस्पतालले जनाएको छ । यसअघि वैशाख ७ गते पूर्वराजपरिवारलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्