१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


कञ्चनपुरमा निषेधाज्ञा सुरु, यस्तो छ प्रभाव


0
Shares

कैलाली । जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको निषेधाज्ञा सुरु भएको छ । कोरोना भाइरसको दोस्रो लहर फैलिएपछि संक्रमणको ‘चेन ब्रेक’ गर्न कैलाली जिल्लामा बिहीबार बिहानदेखि निषेधाज्ञा लागू गरिएको हो ।

बिहीबार बिहान ६ बजेदेखि २२ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गरिएको प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा फैलिरहेको संक्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै एक हप्तासम्म निषेधाज्ञा जारी गरेको हो ।

कैलालीका प्रमुख जिल्ल अधिकारी खगेन्द्र रिजालले निषेधाज्ञा गर्नु बाध्यात्मक अवस्था रहेकोले सबै आमनागरिकलाई गम्भीरतापूर्वक स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी घरमै सुरक्षित बस्न आग्रह गर्नुभयो । निषेधाज्ञाको उल्घंन गरिए कानून बमोजिम कडा कारबाही गरिने उहाँको भनाइ छ ।