
काठमाडौं । सनराइज बैंकले समता शैक्षिक गुठीलाई ३ लाख रुपैयाँ सहयोग गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले गुठीअन्तर्गतका ६ प्रदेशका ६ विद्यालयलाई ५० हजार रुपैयाँका दरले सहयोग गरेको हो । सहयोग रकम विद्यालय सञ्चालन र त्यहाँ अध्ययनरत विद्यार्थीको शैक्षिक गुणस्तरम प्रयोग हुनेछ ।
बुधबार एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आरती राज्यलक्ष्मी राणाले समता शैक्षिक गुठीका निर्देशक श्री दिपक सञ्जेललाई उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । सहयोग रकम पाएपछि गुठीका निर्देशक संजेलले बैंकप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
समता गठीले ७७ जिल्लामा ८० विद्यालय सञ्चालन गरी ७ हजारभन्दा बढी विद्यार्थी लाई मासिक १ सय रुपैयाँ शुल्कमा गुणस्तरीय शिक्षा दिँदै आएको छ ।
सनराइज बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, वातावरण, महिला तथा विपन्न वर्ग लगायत विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । बैंकले विश्वव्यापी कोभिड १९को कठिन समयमा पनि यस्ता कार्यलाई निरन्तरता दिदै जाने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्