
काठमाडौं । सरकारले देशव्यापी लकडाउन नगरे पनि अहिलेसम्म निषेधाज्ञा लागू गर्ने जिल्लाहरूको संख्या १० पुगेको छ ।
उपत्यकाका तीन जिल्ला बाहेक अन्य सात जिल्लाले यस अघि नै निषेधाज्ञा लागू गरिसकेका छन् । यसरी निषेधाज्ञा लागू गर्ने जिल्लाहरुमा कास्की, रुपन्देही, पर्सा, बर्दिया, सुर्खेत, कैलाली र कञ्चनपुर रहेका छन् । उपत्यका बाहिरका जिल्लाहरूले पहिलो चरणमा वैशाख भरका लागि निषेधाज्ञा लागू गरेका हुन् ।
महामारी फैलने क्रम बढ्दै जाँदा निषेधाज्ञा लागू गर्ने जिल्लाको संख्या पनि थपिँदै गएको छ । चितवनमा आज रातिदेखि १५ दिने निषेधाज्ञा लागू हुँदैछ भने दाङ लगायत तराईका केही जिल्लाहरूले भोलि शुक्रबारदेखि निषेधाज्ञा लागू गर्ने तयारी गरेका छन् ।
निषेधाज्ञाका क्रममा जिल्लाहरूले फरक–फरक मापदण्ड लागू गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्