१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


आईपीएलः कोलकत्तालाई पराजित गर्दै दिल्ली दोस्रो स्थानमा उक्लियो


0
Shares

एजेन्सी । भारतमा जारी इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्स दोस्रो स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा कोलकत्ता नाइट राईडर्सलाई ७ विकेटले पराजित गर्दै दिल्ली शीर्ष दुईमा उक्लिएको हो ।

कोलकत्ताले दिएको १ सय ५५ रनको लक्ष्य दिल्लीले १६ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पूरा गरेको हो ।

दिल्लीको जितमा पृथ्वी शाले ८२ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४१ बलमा ११ चौका र ३ छक्का प्रहार गरे ।

यस्तै शिखर धवनले ४६ रन बनाए । कप्तान ऋषव पन्त १६ रनमा आउट भए । कोलकत्ताका पाट कुमिन्सले ३ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनाएको थियो ।

कोलकत्ताका लागि आन्द्रे रसेलले अविजित रहदै सर्वाधिक ४५ रन बनाए । जितसँगै दिल्लीले लिगमा पाँचौ जित निकालेको छ ।

जितसँगै ७ खेलमा दिल्लीले १० अंक जोडेको छ । रोयल च्यालेन्जर्स बैंगलोरलाई पछि पार्दै दिल्ली दोस्रो स्थानमा उक्लिएको हो ।

कोलकत्ता यो पाँचौ हार हो । पाँचौ स्थानको कोलकत्ताले ७ खेलमा ४ अंक जोडेको छ ।