१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


विप्लव दाजु र माइला लामा रिहा


0
Shares

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज माइला लामा र विप्लवका दाजु चन्द्रबहादुर चन्द रिहा भएका छन् ।

संखुवासभा कारागारमा रहेका विप्लव नेतृत्वको नेकपा केन्द्रीय सदस्य तथा उपत्यका इन्चार्ज लामा २५ हजार धरौटी बुझाएर हिरासत मुक्त हुनुभएको हो ।

सरकार र विप्लव समूहबीच फागुन २१ गते भएको सहमति अनुसार गृह मन्त्रालयले सो समूहका नेतालाई रिहा गर्न सर्कुलर गरेको थियो । २०७६ साल साउन ५ गते काठमाडौँबाट पक्राउ परेका लामालाई विभिन्न जिल्ला हुँदै संखुुवासभा लगिएकोे थियो ।

विप्लव समूहले आफ्ना नेता–कार्यकर्ता रिहा गर्ने सहमति पालना नभएको भन्दै असन्तुष्टि जनाउँदै आएका बेला लामालाई परिवारको जिम्मामा छाडिएको हो । नेता लामा तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघको अध्यक्ष समेत रहेकोमा पार्टी विभाजनपछि मोहन वैद्य हुँदै विप्लव समूहमा आवद्ध हुनुभएको थियो ।

यसैगरी ‘विप्लव’ का दाजु चन्द्रबहादुर चन्द ‘वीरजंग’ पनि २५ हजार धरौटीमा रिहा हुनुभएको छ । उहाँ जिल्ला कारागार चितवनबाट रिहा हुनुभएको हो ।